स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

महाकालीमा पानीको बहाव बढेपछि ६ दिनदेखि आवागमन ठप्प

धनगढी । महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमा नाका गड्डाचौकी–बनबासाबाट हुने चारपांग्रे सवारीसाधनको आवागमन ६ दिनदेखि ठप्प छ । नदीको बहाव एक लाख क्युसेकभन्दा माथि पुगेपछि गड्डाचौकीसँगै जोडिएको भारतको बनबासास्थित शारदा ब्यारेजबाट चारपांग्रे सवारीसाधन चलाउन रोक लगाइएको हो । यसले यात्रु आवागमनसँगै सीमा व्यापार र मालसामानको आयात–निर्यात प्रभावित भएको छ ।

आइतबार दिउँसो २ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ३४ हजार ९ सय ६२ क्युसेक पुगेको छ । पछिल्लो ६ दिनदेखि बहाव निरन्तर एक लाख क्युसेकभन्दा माथि रहेकाले भदौ १६ को बिहानदेखि गड्डाचौकी–बनबासा नाकाबाट चारपांग्रे मालवाहक तथा यात्रुवाहक सवारीसाधन चल्न नसकेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

भदौ १५ को रातिदेखि बहाव बढ्दै एक लाख क्युसेक नाघेपछि चारपांग्रे सवारीसाधन रोकिएका हुन् । भदौ १६ को रातिसम्म बहाव यो वर्षकै उच्च बिन्दुमा, करिब दुई लाख क्युसेक नजिक पुगेको थियो । त्यसपछि केही घटे पनि एक लाख क्युसेकभन्दा तल नझरेका कारण पुलमा चारपांग्रे सवारीसाधन पुनः सञ्चालन हुन सकेका छैनन्