स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बर्दगोरिया डान्स च्याम्पियनसिपको तृतीय पुरस्कार सनराइज स्कुलले प्रायोजन गर्ने


कैलाली । ‘बर्दगोरियाको प्रतिभा, बर्दगोरियाको शान, नवप्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नारासहित बफादार मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको बर्दगोरिया गाउँपालिका स्तरीय डान्स च्याम्पियनसिप सिजन–२ को तृतीय पुरस्कार प्रायोजन भएको छ।


प्रतियोगिताको तृतीय पुरस्कारबापत रु. १५ हजार ५ सय ५५ रकम द सनराइज माध्यमिक इङ्लिस बोर्डिङ स्कुल परिवारले प्रायोजन गरेको हो।
पुरस्कार प्रायोजन गरेकोमा आयोजक बफादार मिडिया प्रा.लि.ले द सनराइज माध्यमिक इङ्लिस बोर्डिङ स्कुल परिवारप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको प्रायोजन केही दिनभित्र टुंगो लाग्ने बफादार मिडिया प्रा.लि.का अध्यक्ष तिलक राज ढुंगानाले जानकारी दिएका छन्।


प्रतियोगिताले बर्दगोरिया गाउँपालिकाभित्र रहेका नवप्रतिभाको खोजी तथा उनीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।