धनगढी । हिजो घटेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै माया मेट्रो अस्पताल, धनगढी–३, चटकपुरले पीडित परिवारका लागि रु. ३,११,१११/- (तीन लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गरेको छ।

दुःख र पीडाको यस कठिन घडीमा पीडित परिवारलाई केही राहत मिलोस् र उहाँहरूको पीडामा थोरै भए पनि साथ दिन सकियोस् भन्ने उद्देश्यले अस्पतालको तर्फबाट उक्त सहयोग प्रदान गरिएको हो।
मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै माया मेट्रो अस्पतालले स्वास्थ्य सेवासँगै सामाजिक सेवामा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको छ। विपद् तथा दुःखका बेला एक–अर्कालाई सहयोग गर्नु नै मानवताको महत्वपूर्ण परिचय भएकाले अस्पतालले आफ्नो सामाजिक दायित्वअन्तर्गत यो सहयोग गरेको जनाएको छ।

यस सहयोगले पीडित परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने विश्वास गरिएको छ। साथै, समाजमा रहेका अन्य व्यक्ति, संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूलाई पनि दुःखमा परेका परिवारको साथमा उभिन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै माया मेट्रो अस्पताल परिवारले आगामी दिनमा पनि सेवा, सहयोग र मानवताको भावनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





