स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धनगढीको नवजीवन अस्पतालद्धारा बाढी पीडितका लागि दुई लाख २२ हजार सहयोग

धनगढी । धनगढीको नवजीवन अस्पताल प्रा.लीले रसुवाका बाढी प्रभावितलाई सहयोग गरेको छ ।

Oplus_131072

नवजीवन अस्पतालले बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी उद्दार कोषमा दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ सहयोग रकम जम्मा गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतले सामाजिक उत्तरदायित्व अन्तरगत बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी उद्दार कोषमा उक्त सहयोग रकम जम्मा गरिएको जानकारी दिए ।

उनकाअनुसार कोषमा सो रकम बुधबार जम्मा गरिएको हो । साथै अस्पतालले बाढीमा परेर घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । ज्यान गुमाएकाप्रती दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिदै सम्पर्कविहीन नागरिक सकुशल फेला परुन भन्ने कामना समेत अस्पतालले गरेको छ ।