स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

रसुवाको बाढीमा कैलालीका ८–१० जना सम्पर्कविहीन

धनगढी । रसुवामा आएको बाढीमा परेर कैलालीका केही व्यक्ति सम्पर्कविहीन भएका छन् । उनीहरु रोजगारीका क्रममा त्यहाँ रहेका थिए । रसुवास्थित धुन्चे हाईड्रो पावरमा कार्यरत टीकापुर नगरपालिका– १ समितिपुरका मात्रै ८–१० जना सम्पर्कविहीन छन् । उनीहरुसंग सम्पर्क हुन नसकेको आफन्तले बताएका छन् । 

सो हाईड्रो पावरमा कार्यरत मानबहादुर चौधरीका भाई अखिल चौधरीले दाईसँग सम्पर्क हुन नसकेको बताए । ‘सबैजनाको मोबाइल अफ छ,’ उनले भने, ‘कसैसँग पनि सम्पर्क हुन सकेको छैन ।’ 

सम्पर्कविहीन चौधरी असार ३० गते रोजगारीका लागि त्यहाँ गएको बताइएको छ । टीकापुर नगरपालिकाका अन्य ठाउँबाट समेत धेरै व्यक्तिहरु रसुवाका विभिन्न हाईड्रो पावर लगायतमा कार्यरत रहेको बुझिएको छ । तीमध्ये केही व्यक्तिहरु भने सम्पर्कमा आएका छन् । 

Oplus_131072