नुवाकोट । भोटेकोशी बाढीका कारण नुवाकोटको त्रिशुलीस्थित तटीय क्षेत्र तहसनहस भएको छ । उक्त क्षेत्रका कुनै पनि घर बचेका छैनन् ।

प्रहरीका अनुसार ढुंगेबजारका करिब ७५ घर बाढीले बगाएको छ । बेत्रावती र देवीघाटका प्रायः घर बगाएको छ ।
उद्दारका लागि काठमाडौंबाट आएका हेलिकप्टर नेपाली सेनाको तालिम केन्द्रमा अवतरण भएका छन् । ती हेलिकप्टरले देवीघाटबाट केही मानिसको जिवित उद्दार गरेको छ । बगाएका घरमा कति मानिस थिए ? तीमध्ये कति बाढीमा बगेका छन् ? यसबारे केही भन्न नसकिने जिल्ला प्रहरीस्रोतले जनाएको छ ।





