स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

रसुवा बाढी : ३०० भन्दा बढी गाडी बाढीले बगायो, ५ जना कर्मचारी सम्पर्कविहीनकाठमाडौँ ।

काठमाडौँ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन भएका छन् भने अन्य कर्मचारीहरू टिमुरे बजारभन्दा माथिको डाडामा उद्धारको पर्खाइमा छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानाले अनुसार भन्सार यार्डमा चेकजाँचका लागि रहेका ट्रक तथा अन्य गरी ३०० भन्दा बढी गाडी बाढीले बगाएको छ । त्यति मात्रै नभएर भन्सार क्षेत्रमा भन्सार चेकजाँचको क्रममा रहेका अन्य धेरै गाडी पनि बगाएको छ ।

तर यता अर्थ मन्त्रालयले क्षतिको यकिन विवरण नपाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको छ । प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना सम्पर्कमा आएका छन् ।

बाँकी खोज,उद्धार र समन्वय जारी रहेको मन्त्रालयले जनाएको छ