स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीमा अपाङ्गता भएकी युवतीमाथि घरमै जबरजस्ती करणीको आरोप, युवक पक्राउ

कैलालीमा शारीरिक तथा मानसिक रूपमा अपाङ्गता भएकी ३० वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Oplus_131072

इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–८ धनचौरीका करिब २५ वर्षीय कृष्णराज भट्टराईलाई पक्राउ गरेको हो।

पीडित युवतीकी भाउजुले दिएको किटानी जाहेरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेतिर भट्टराई युवती सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको आरोप छ।

पीडित युवती जन्मजातदेखि नै शारीरिक तथा मानसिक रूपमा अपाङ्ग रहेको बताइएको छ। घरका अन्य सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगको कामका सिलसिलामा नजिकैको सामुदायिक वनको भवनतर्फ गएको मौका छोपी घटना भएको पीडित पक्षको भनाइ छ।

घर फर्कने क्रममा युवती रोइरहेको आवाज सुनेपछि उनकी भाउजु हतारिँदै कोठातर्फ पुगेकी थिइन्। त्यसक्रममा भट्टराई युवतीमाथि जबरजस्ती गरिरहेको अवस्थामा फेला परेको पीडित पक्षको दाबी छ।

त्यसपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो।

पीडित पक्षले घटनामा संलग्नमाथि कानुनबमोजिम कडा कारबाहीसँगै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।