स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

शिशुको डाइपरमा लुकाएर हेरोइन तस्करी, चार पक्राउ

झापा । शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । उनीहरु बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्ज जिल्ला वडा नं १२ बस्ने मोहित आलम, उनकी श्रीमती   जेनेतुन खातुन, छोरा सोहेल आलम तथा सोही अटोमा सवार  मोहम्मद तजरुल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे१ह ५०११ नम्बरको अटो शङ्कास्पद देखिएपछि जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र राखिएको खैरो हेरोइन फेला परेको हो । बरामद गरिएको खैरो हेरोइनको तौल झन्डै १० ग्राम रहेको छ ।