स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धनगढी–१३ को नवज्योति विद्यालय हरियाली बन्दै, १४९ बिरुवा रोपण

धनगढी — धनगढी उपमहानगरपालिकाद्वारा धनगढी- १३श्रीलंका स्थित नवज्योति आधारभूत विद्यालयमा १४९ वटा बोट बिरुवा रोपिएको छ।

हरियाली धनगढी’ कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले सडक किनार, सार्वजनिक क्षेत्र, विद्यालय परिसर तथा विभिन्न खाली स्थानहरूमा निरन्तर वृक्षारोपण गर्दै आएको छ।

पर्यावरण संरक्षणसँगै शीतलता अभिवृद्धि र विद्यालयको सौन्दर्यकरण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन भइरहेको जनाइएको छ