स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकलगायत प्रस्ताव पेस हुने

धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा आर्थिक वर्षको बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सरकारका तर्फबाट बजेट कार्यान्वयनसँग सम्बन्धित विधेयक र अन्य प्रस्तावमाथि छलफल अघि बढाइने अपेक्षा गरिएको सचिवालयले जनाएको छ । यसैगरी महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिए ।

१ असारमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो । सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा सत्तासाझेदार दलहरुबीच नै मतभेद भएपछि बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन