स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ । विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने भएका छन् । गएराति भएका दुई खेलमा मोरक्कोले क्यानडा र फ्रान्सले पाराग्वेलाई अन्तिम १६ बाट पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

सहआयोजक क्यानडालाई ३–० ले हराएको अफ्रिकी पावरहाउस मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार फ्रान्सको सामना गर्ने भएको हो ।

फ्रान्सले आफ्नो अन्तिम १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गरेसँगै मोरक्कोसँगको भेट पक्का गरेको हो ।

मोरोक्को र फ्रान्सको क्वाटरफाइनल भिडन्त बोस्टन स्डेडियममा ९ जुलाई अर्थात् बिहीबार हुँदैछ ।