स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीमा विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव फेला

विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएकी कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा भेटिएको छ ।


सोही पालिकाको वडा नम्बर ५ मा रहेको रोरा खोलामा करिब २४ घण्टापछि आज बालिकाको शव भेटिएको हो । वडा नम्बर २ मा रहेको जनचेतना आधारभूत विद्यालय कक्षा नर्सरीमा अध्ययनरत बालिका मङ्गलबार साढे ९ बजेदेखि बेपत्ता भएकी थिइन ।

विद्यालयबाट एक्लै घर फर्कने क्रममा खोलाले उनलाई बगाएको आशङ्का गरेर हिजो दिनभरि खोलामा खोजीकार्य गरिएको थियो।


पानी घटेपछि आजमात्रै बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । अभिभावक भारतमा रहेकी बालिका हजुर आमासँग बस्दै आएकी थिइन् । पानी परेपछि मङ्गलबार कैलालीको सबै खोलानालामा बाढी आएको थियो ।