स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा स्विडेनसँग १-१ गोलको बराबरी खेल्दै जापान प्रतियोगिताको नकआउट (अन्तिम ३२) चरणमा प्रवेश गरेको छ । यो बराबरी खेल दुवै टोलीलाई अन्तिम ३२ मा पुर्‍याउन पर्याप्त बन्यो । जापान समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो भने स्विडेन उत्कृष्ट आठ तेस्रो स्थानका टोलीमध्ये एक बन्दै अर्को चरणमा उक्लिएको छ ।

यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३-१ ले सहजै पराजित गर्दै समूह विजेताको रूपमा अर्को चरणको यात्रा तय गर्‍यो । समूह चरणका खेल सकिएसँगै अब अन्तिम ३२ को समीकरण पनि रोमाञ्चक बनेको छ। समूह ‘बी’ को उपविजेता बनेको जापानले अब नकआउट चरणमा बलियो प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ भने समूह विजेता नेदरल्यान्ड्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

जापान र स्विडेनबीचको खेल मैदानमा खासै आक्रामक नदेखिए पनि दुवै टोलीले गरेका एक–एक गोल भने निकै उत्कृष्ट र दर्शनीय थिए । जापानका लागि माएडाले उत्कृष्ट टिम वर्कको नमुना पेस गर्दै सुन्दर गोल गरे भने स्विडेनका लागि एलाङ्गाले व्यक्तिगत कौशल को प्रदर्शन गर्दै उत्कृष्ट गोल फर्काएका थिए ।

ट्युनिसियामाथि नेदरल्यान्ड्सको सहज जितसँगै यस समूहबाट तीनवटा टोली (नेदरल्यान्ड्स, जापान र स्विडेन) अर्को चरणमा प्रवेश गर्न सफल भएका छन् । ट्युनिसिया भने प्रतियोगिताबाट बाहिरिएको छ