स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कार्यपालिका सदस्य नगार्जी बने टिकापुरको कार्यवाहक मेयर

धनगढी: कैलालीको टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा रामबहादुर नगार्जी चयन भएका छन् । नगरपालिका मेयर उपमेयरविहीन भएपछि कार्यपालिकाको ६२औँ बैठकले जेष्ठ सदस्य नगार्जीलाई कार्यवाहक नगर प्रमुखका रूपमा चयन गरेको हो ।

कार्यपालिकाका १७ सदस्यमध्ये बहुमत अर्थात् ९ जना सदस्यले जेष्ठ सदस्य नगार्जीलाई कार्यवाहक नगर प्रमुखमा चयन गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरू दीपक निसानी, मञ्जु विश्वकर्मा, लबरी चौधरी र राजरानी चौधरी, नेपाली कांग्रेसबाट निर्वाचित दीपक चौधरी, बलिराम चौधरी, ऋषि श्रीपाइली, रामबहादुर नगार्जी तथा नेकपा एमालेबाट निर्वाचित मोहन लुहारको उपस्थिति रहेको थियो । नगार्जीले आजै पदस्थापन समेत गरेका छन् ।

टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारु नेकपाबाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको थियो । उपप्रमुख रहेका खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा अनियमिततामा संलग्नताको अभियोगमा ०८० माघ २५ गतेदेखि निलम्बनमा छन् ।