बौनिया। । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको बौनिया बजारको चौराहा र मुडा बजारको चोकमा जेसिज बौनिया शाखाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपालको झण्ड लगाएको छ ।

गत वर्ष नेपालको झण्डा गाडिएको थियो । तर झण्डा पुरानो भएको थियो ।
पुरानो झण्ड फहराई रहेको बर्दगोरिया गाउँपालिका १मा अवस्थित बौनिया चौराहामा नेपाल जेसिज बौनिया शाखा वर्ष २०२६समितिले नयाँ झण्डा गाडेर फहराएको अध्यक्ष भिम बहादुर बि.क ले बताए ।

तीन मिटर लम्बाई भएको झण्डा गाडिएको अध्यक्ष बि.कले बताए ।बौनियामा पुरानो झण्ड फहराई रहेको देखेपछि नयाँ झण्डा गाडेको उनले बताए ।

जेसिज बौनिया शाखाले पर्यापर्यटनसंगै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।
केही दिन अघि मात्रै जेसिज बौनिया शाखाले बर्दगोरिया गाउँपालिका २मा रहेको सहारा घरमा भएका बालबालिकाहरु लाई भोजन तथा फलफूल उपलब्ध गरेको थियो ।




