स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

दार्चुला कारागारको सुरक्षा अब नेपाली सेनाको जिम्मामा

दार्चुला, खलंगा ।दार्चुलाको सदरमुकाम खलंगास्थित जिल्ला कारागार कार्यालयको सुरक्षा अब नेपाली सेनाले सम्हालेको छ।

बिहीबारदेखि मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने नीति अनुरूप यहाँ सेना खटाइएको हो।

खलंगामै रहेको श्रीदल गुल्मबाट सहसेनानी अन्वेश गुरुङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ परिचालन गरिएको छ। यसअघि कारागारको सुरक्षा नेपाल प्रहरीको टोलीले गर्दै आएको थियो भने हाल पनि प्रहरी टोली सुरक्षार्थ खटिएको छ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन अघि बढाइएको हो।