अत्तरिया – कैलालीको टीकापुरबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । मंगलबार टीकापुर नगरपालिका – ९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका – ८ कर्मीडाडा का ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धन बहादुर चौधरी पक्राउ परेका छन । उनीहरुको साथबाट ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

यस्तै टीकापुर नगरपालिका – ९ बालुवाटार चोक स्थित सडक खण्डबाट २८ वर्षीय कृष्ण बहादुर साउद पक्राउ परेका छन । उनको साथबाट ४ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।




