स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिश्पर्धा गर्दै

काठमाडौँ- काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो क्वालिफायर खेल हुँदैछ।

त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोलीले इलिमिनेटरबाट जितेको टीमसँग खेल्ने मौका पाउनेछ ।।