स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धनगढीका १३ वर्षीय हिर्दयान्सुले प्रचण्डलाई आफ्नो हातले बनाएको चित्र उपहार दिए

धनगढी, धनगढीका १३ वर्षीय हिर्दयान्सु भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ को चित्र बनाइ उपहार दिएका छन्। धनगढी उपमहानगरपालिका–१ निवासी भट्टराईले आफ्नै मेहनत र रुचिका आधारमा तयार पारेको चित्र आज धनगढीमा आयोजित सन्देश सभाका क्रममा संयोजक प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

सन्देश सभामा सहभागी हुन प्रदेश राजधानी धनगढी पुगेका प्रचण्डलाई भेटेर भट्टराईले सप्रेम आफ्नो हातले बनाएको तस्बिर प्रदान गरेका थिए। किशोर कलाकारबाट उपहार स्वरूप चित्र प्राप्त गरेपछि प्रचण्डले खुसी व्यक्त गर्दै उनको सिर्जनात्मक प्रतिभाको प्रशंसा गरेका छन्।

उपहार ग्रहण गर्दै प्रचण्डले भने, “यस्ता प्रतिभावान् बालकहरूले देशको भविष्य उज्यालो देखाउँछन्। अत्यन्तै मन छुने उपहारका लागि धन्यवाद।”

१३ वर्षीय भट्टराई विगत केही वर्षदेखि चित्रकलामा रुचि राख्दै आएका छन्। स्केच तथा पोर्ट्रेट बनाउन रुचि राख्ने उनीसँग परिवार र विद्यालयले पनि निरन्तर हौसला प्रदान गर्दै आएको बताइएको छ।

प्रचण्डलाई आफ्नै हातले बनाएको चित्र भेटाउने अवसर मिल्दा आफू अत्यन्तै उत्साहित भएको हिर्दयान्सुले प्रतिक्रिया जनाए। उनले भविष्यमा कला क्षेत्रमा अझै अघि बढ्ने इच्छा समेत व्यक्त गरेका छन्।