स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

अण्डाको भाउ बढ्यो,प्रतिक्रेट ५५ रुपैयाँ वृद्धि, किसान लाभान्वित

अण्डाको मूल्य बढेको छ।नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यको आधारमा समर्थन मूल्य निर्धारण गर्दै आएको छ।

काठमाण्डौ।अण्डाको मूल्य बढेको छ।नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यको आधारमा समर्थन मूल्य निर्धारण गर्दै आएको छ।नयाँ मूल्य अनुसार, अति ठूलो (XL) अण्डा प्रतिक्रेट ५२०, ठूलो अण्डा ५०५ र मध्यम अण्डा ४९० रुपैयाँ कायम गरिएको छ।


सङ्घ अध्यक्ष विनोद पोखरेलका अनुसार, यसअघि भन्दा प्रतिक्रेट ५५ रुपैयाँले मूल्य वृद्धि भएको हो।पछिल्ला महिनामा भारतीय अण्डाको अवैध आयात रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको छ।

जाडो महिनामा खपत बढ्ने भएकाले किसान लाभान्वित भए पनि उपभोक्तालाई अण्डा महँगो पर्छ। नेपालमा दैनिक करिब ४० लाख गोटा अण्डा उत्पादन हुने अनुमान गरिएको छ।