स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

प्रदेश ब्यापी बिधालय स्तरीय फुटबल प्रतियोगिता : चौथो दिन ५ खेल सम्पन्न


बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा जारि बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगितामा चौथो दिन ५ खेल सम्पन्न भएका छन । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि १३ गते सम्म संचालन हुने प्रतियोगितामा शुक्रबार ५ खेल सम्पन्न भएका हुन ।

चौथो दिनको पहिलो खेलमा उज्यालो शिक्षा सदन बिजयी भएको छ । उज्यालोले मोरल नेप्लिजलाई २/० गोल अन्तरले पराजित गरेको हो । बिहान १० बजे भएको दोस्रो खेलमा कृष्ण मा बि ले बलियाको क्याम्बृज बोर्डिङ स्कुललाई ट्राईबेकरमा पराजित गर्दै जित दर्ता गर्न सफल भएको हो । यसै गरि दिनको तेस्रो छात्रा तर्फको खेलमा पानसदिपले राष्ट्रिय मावी धनगढीलाई वाकओभर दिदै जित दर्ता गर्न सफल भएको हो । प्रतियोगिताको चौथो खेलमा खडक स्मृति मा वि ले गाणेश बाबालाई २/० गोल अन्तरले पराजित गरेको हो । यसै गरि प्रतियोगिताको अन्तिम तथा पाचौं प्रतिस्पर्धात्मक खेलमा मोडल लाईफ भिजनले बर्दगोरियाको कालिका मा वि लाई ट्राईबेकरमा ५/४ को नतिजा निकाल्दै जित दर्ता गरेको हो । यसै गरि प्रतियोगितामा सनिबार पनि ५ खेल हुने भएका छन ।

बिधालय स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने र लागू पदार्थ दुर्ब्यसनबाट जोगाउने उदेश्य रहेको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेता ४३ हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए । त्यसैगरी उत्कृष्ट खेलाडी ८ हजार ५ सय ५५ , उत्कृष्ट गोल रक्षक ५ हजार, ५ सय ५५ , सर्वाधिक गोलकर्ता ५ ह्जार ५ सय ५५ , उत्कृष्ट डिफेन्डर ५ हजार ५ सय ५५ , उत्कृष्ट मिडफिल्डर ५ हजार ५ सय ५५, उत्कृष्ट प्रशिक्षक ५ हजार ५ सय ५५ र राइजिङ प्लेयरलाई ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा कैलाली र कंचनपुरका बिधालयहरुको सहभागिता रहेको छ । जसमा ३२ छात्र र १६ छात्राहरुको टिम सहभागिता रहेको छ । बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने खेलमा दर्शकहरुको उत्कृष्ट सहभागिता हुने गरेको छ ।