स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

एनपीएल:आज काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयलस आमनेसामने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयलसबिच खेल हुँदै छ।

काठमाडौँ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयलसबिच खेल हुँदै छ।त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे यी दुई टोलीबिच खेल हुने भएको हो। 


पहिलो खेलमा साबिकको विजेता जनकपुरलाई ५ विकेटले हराउँदै जितको सुरुवात गरेको काठमाण्डु दोस्रो खेलमा जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम रोयलस पनि पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुने छ।

हिजो भएको खेलमा चितवन राईनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो भने बिराटनगरले पोखरा एभेन्जर्समाथि ५२ रनको शानदार जित हात पारेको थियो।