स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

खेलकुदको विकासका लागि स्पष्ट नीति तथा खाका तयार पार्ने मुख्यमन्त्री शाहको प्रतिवद्धता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेलकुदको समग्र विकासका लागि स्पष्ट नीति तथा खाका तयार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा आजदेखि सुरु भएको विद्यालयस्तरीय छात्र–छात्रा फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शाहले सबै क्षेत्रमा एकैपटक बजेट विनियोजन गर्न नसकिए पनि प्राथमिकताका आधारमा क्रमिक रूपमा विकास कार्य अघि बढाइने उल्लेख गरे । खेलकुदनेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बनेको उल्लेख गर्दै उनले खेलकुदको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा कैलाली र कञ्चनपुरका सरकारी तथा निजी विद्यालयहरूका ४८ टिम सहभागी छन् । जसमध्ये छात्रतर्फ ३२ टिम र छात्रातर्फ १६ टिम छन्। प्रतियोगिता मंसिर १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।