धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी कात्तिक २९ गते शनिबार साइकल र्याली आयोजना गर्ने भएको छ।

नगर प्रमुख गोपाल हमालले नगरवासीलाई र्यालीमा सक्रिय सहभागिता जनाउन सार्वजनिक अपिल गरेका छन्। उनले घरमा रहेको जस्तोसुकै साइकल ल्याएर बिहान ८ बजे ट्राफिक चौराहामा उपस्थित हुन अनुरोध गरेका छन्।
र्याली धनगढी चौराहाबाट बिहान ठिक ८:३० बजे सुरु हुनेछ र मुख्य सडक हुँदै गुरहीचोकबाट जेन्जी मार्गमा पुगेर समापन गरिनेछ।
नगर प्रमुख हमालका अनुसार यो साइकल र्यालीको उद्देश्य स्वास्थ्यप्रद जीवनशैली, प्रदूषण नियन्त्रण र वैकल्पिक यातायात प्रवर्द्धन गर्ने हो।




