स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

भागेका कैदी पक्राउ गर्न नेपाल–भारतबीच छलफल

काठमाडौं । २४ भदौको आन्दोलनमा नेपालका जेलबाट भागेका कैदी पक्राउ गर्न नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ। बुधबारदेखि नयाँ दिल्लीमा सुरु भएको नेपाल–भारत सुरक्षा समन्वय बैठकमा यस विषयमा गम्भीर रूपमा चर्चा गरिएको हो।

नेपाल पक्षले ती फरार कैदीहरू पक्राउ गर्न भारतीय पक्षसँग सहयोग मागेको छ। हाल नेपालका जेलहरूबाट फरार भएका ५३५ जना भारतीय कैदीहरूको खोजी भइरहेको बताइएको छ।

त्यस्तै, नेपालका कैदीहरू पनि खुला सीमाको फाइदा उठाउँदै भारत प्रवेश गरेको हुन सक्ने भन्दै उनीहरूलाई समेत पक्राउ गरी नेपाल पठाउने विषयमा छलफल भएको छ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल (एपीएफ) का आइजिपी राजु अर्यालले नेतृत्व गरेका छन् भने भारतीय तर्फबाट सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका छन्।

बैठकमा सीमापार अपराध नियन्त्रण, मानव तस्करी, लागूऔषध ओसारपसार र अवैध तस्करीजस्ता विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ।