स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता गरे

काठमाडौं । पूर्व सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता गरेका छन्।

यसअघि उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति

पार्टीमा संरक्षकको भूमिकामा रहेका चौधरीले अब छुट्टै दल दर्ता गर्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका हुन्।

नयाँ दर्ता भएको दलमा चौधरी संरक्षक रहनेछन् भने कबीर सोपलाई पार्टीको अध्यक्ष बनाइएको छ।

चौधरी, अध्यक्ष सोपलगायतका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका छन्।