स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

देशभर आंशिक बदली, मौसम मुख्यतया सफा

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ।

त्यस्तै, आज राति गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज सूर्योदय बिहान ६ बजेर २२ मिनेटमा भएको र सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ।