काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशभरका निजी संस्थागत विद्यालयहरूलाई कानुनअनुसार विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छन्।

मन्त्री पुनका अनुसार, विद्यमान नियमअनुसार संस्थागत विद्यालयले आफ्ना भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीका लागि निःशुल्क छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ।
यदि कुनै विद्यालयले कानुनअनुसार छात्रवृत्ति उपलब्ध नगराएमा, तुरुन्तै नियमानुसार उपलब्ध गराउनुपर्ने चेतावनी मन्त्री पुनले दिएका छन्।

शिक्षा मन्त्रालयले यस कदमलाई विद्यार्थीमा पहुँच र समान अवसर सुनिश्चित गर्ने प्रभावकारी पहलको रूपमा लिएको बताएको छ।




