स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

एमआरपी नराखी बिक्री गर्ने पसललाई २ लाख १ हजार जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी बिना बिक्री गर्ने कस्मेटिक पसललाई २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको छ।

सोमबार विभागको अनुगमन टोलीले कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्यूटर्स प्रालिमा बडीस्प्रेमा मूल्य उल्लेख नगरी बिक्री गरेको भेटिएको थियो।

त्यसैगरी, कलंकीको विकास ट्रेड प्रालिलाई मूल्य सूची र दर्ता प्रमाणपत्र नराखेकै कारण २० हजार रुपैयाँ, र नेपाल थोपा सिँचाई प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

विभागले सोमबार १६ वटा फर्मको अनुगमन गरी बाँकी १३ फर्मलाई सामान्य निर्देशन दिएको जनाएको छ।