स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

भाइटिकामा धनगढी–अत्तरिया रुटमा नवजिवन हस्पिटलको निशुल्क बस सेवा

धनगढी। भाइटिकाको अवसरमा धनगढीस्थित नवजिवन हस्पिटलले धनगढी–अत्तरिया रुटमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

हस्पिटलले आफ्नै नवजिवन नर्सिङ कलेजको बस प्रयोग गरेर भाइटिकाको दिन यात्रुहरूको सहजताका लागि सेवा उपलब्ध गराउने तयारी गरेको छ।अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खडायतका अनुसार भाइटिकाको दिन बजारमा सवारीसाधन अभाव हुने भएकाले सर्वसाधारणलाई सहज आवागमनको सुविधा मिलोस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको हो। उनका अनुसार, “टिकाको दिन सार्वजनिक यातायात कम चल्ने भएकाले सर्वसाधारणले कठिनाइ नहोस् भन्ने हेतुले हामीले निशुल्क बस सेवा सञ्चालन गर्न लागेका हौं।

यो सेवा गोदावरी नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्न लागिएको हस्पिटलले ले जनाएको छ। यसअघि पनि दशैंको समयमा नवजिवन अस्पतालले धनगढी क्षेत्रमा निशुल्क बस सेवा सञ्चालन गरेको थियो, जसले सर्वसाधारणबाट राम्रो प्रशंसा पाएको थियो। यसैबीच, गोदावरी नगरपालिकाले अत्तरिया–चौमाला र अत्तरिया–ओलानी–गौडीबजार चोकसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो। स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित यी सेवाहरूले भाइटिकाको दिन सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।