स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धनगढीमा शंकास्पद अवस्थामा बालिकाको शव फेला

धनगढी – कैलालीको धनगढीमा एक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ । धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ११ वर्षीया सुमित्रा राना बिहीबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव शुक्रबार दिउँसो मोहना नदीमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार साँझ करिब ४ बजेतिर हराएकी सुमित्राको खोजी गरिदिन भन्दै परिवारले शुक्रबार बिहान १० बजेतिर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार प्रहरीले जानकारी पाए लगत्तै खोजी कार्य सुरु गरिएको थियो । त्यसपछि केही समयमा बालिकाको शव फेला परेको हो ।

प्रहरीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा थियो भने उनको कपडा र चप्पल घटनास्थलबाट करिब २०० मिटर पर भेटिएको थियो । शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको बताइएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।