स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

विक्की र तृप्तिको ‘ब्याड न्यूज’ ले चार दिनमा कति कमायो?

बलिउड अभिनेता विक्की कौशल, एमी विर्क र अभिनेत्री तृप्ति डिमरी अभिनीत फिल्म 'ब्याड न्यूज' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार फिल्मले चार दिनमा ३४ करोड ३७ लाख भारू कमाएको छ। ८ करोड ५२ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिनमा १० करोड ५५ लाख, तेस्रो दिन ११ करोड ४५ लाख र चौथो दिनमा ३ करोड ७५ लाख भारू कमाएको हो। फिल्मलाई दर्शकले रूचाइरहेका छन्। आनन्द तिवारीले निर्देशन गरेको फिल्ममा विक्की, एमी र तृप्तिसँगै नेहा धूपिया, अनन्या पान्डेलगायत कलाकारको अभिनय छ।
यो फिल्म धर्मा प्रोडक्सनले निर्माण गरेको हो। जसले सन् २०१९ मा फिल्म ‘गुड न्यूज’ बनाएको थियो। यस फिल्ममा अक्षय कुमार, करीना कपूर खान, कियारा आडवाणी र दिलजीत दोसाँझको अभिनय थियो।