स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

‘अमर सिंह चमकिला’ बन्यो यस वर्ष ओटीटीमा धेरै हेरिने भारतीय फिल्म

काठमाडौं । अरम्याक्स मिडियाले पछिल्लो ६ महिनामा ओटीटी प्लाटफर्ममा धेरै हेरिएका भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा इम्तियाज अली निर्देशित ‘अमर सिंह चमकिला’ छ । यो फिल्मलाई अहिलेसम्म १.२९ करोड पटक हेरिएको छ । दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपुर र विजय बर्मा स्टारर फिल्म ‘मर्डर मुबारक’ छ, जसलाई १.२२ करोड पटक हेरिएको जनाइएको छ । तेस्रो स्थानमा साराकै अर्को फिल्म ‘ए वतन मेरे वतन है’ छ, जसलाई १.१५ करोड भ्युज प्राप्त भएको छ । गत वर्षको तुलनामा यो अवधिमा ओटीटीमा फिल्म हेर्नेको संख्या घटेको देखिन्छ । सन् २०२३ को मध्यसम्म शाहिद कपुर स्टारर ‘ब्लडी ड्याडी’लाई १.६६ करोड पटक हेरिएको थियो । चौथो स्थानमा आमिर खानका छोरा जुनैदको फिल्म ‘महाराज’ छ, जसले १.०६ करोड भ्युज पाएको छ । पाँचौं स्थानमा रहेको अभिनेत्री रविना टण्डनको ‘पटना शुक्ला’ले ९८ लाख भ्युज प्राप्त गरेको छ । केही वर्षयता अरम्याक्सले भारतभर ओटीटी प्लाटफर्ममा धेरै हेरिने फिल्मको सूची सार्वजनिक गर्दै आएको छ । यदि कुनै दर्शकले ३० भन्दा बढी समय कुनै फिल्म हेर्छ भने उक्त प्रवृत्तिको आधारमा यो सूची सार्वजनिक गर्ने गरिएको छ ।