बौनिया ।बर्दगोरिया गाउँपालिका -५मा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

बुधबार बर्दगोरिया गा पा ५ न वडा कार्यालयको आयोजना र सहयोगी बेलुवा युवा क्लब तथा बपु बहुआयामिक युवा क्लब मा गरेको रक्तदान कार्यक्रममा ३३जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष भोलेराम चौधरीले जेनजीले २३ गते आन्दोलनको क्रममा घाइते भएका व्यत्तीहरुलाई रगत अभाव हुन नदिन रक्तदान गर्नुपर्नेमा जोड दिए । ‘रक्तदान नै जीवन दान हो’, उनले भने, ‘रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण हुन्छ ।’





