मङ्गलबारदेखि बन्द रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू पुनः सञ्चालनमा आएका छन्।
काठमाडौँ।मङ्गलबारदेखि बन्द रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू पुनः सञ्चालनमा आएका छन्।
विमानस्थल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आज बसेको विमानस्थल सुरक्षा समितिको निर्णयअनुसार तत्काल लागू हुनेगरी हवाई उडान सञ्चालन हुने जनाएको छ ।

यात्रुहरूलाई आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिन र विमानस्थल आउँदा आधिकारिक टिकट तथा परिचयपत्र साथमा ल्याउन अनुरोध गरिएको छ ।
यसैबीच, निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले बिहीबार बिहानदेखि आफ्ना उडान नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।




