बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ५ मा खुल्ला रक्तदान कार्यक्रम सुरु भएको छ ।

बर्दगोरिया गाउँपालिका ५ वडामा जेनजी लाई समर्थन जनाउदै २३ गतेको आन्दोलनको क्रममा घाइते भएका भाइहरु लाई रगतको अवश्यता मध्यनजर गर्दै आयोजना गरेको छ ।

निम्न मिति, समय र स्थानमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्पूर्ण जनप्रतिनिधि ,वडाबासी , तथा ईच्छुक सबैलाई आफ्नो अमुल्य रक्तदान गरि पुण्य कमाउनुहुन अनुरोध गरिन्छ ।
मिति-:२०८२/०५/२५ शुक्रबार
समय-:१० बजे देखि ५ बजे सम्म
स्थान -: बर्दगोरिया गाउँपालिका ५ न वडाको कार्यालय




