स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

गोदावरीदेखि धनगढीसम्म सरकारी–पार्टी संरचना तहसनहस

जेन जी आन्दोलन दोस्रो दिनमै निर्णायक चरणमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भएका छन्

अत्तरिया । जेन जी आन्दोलन दोस्रो दिनमै निर्णायक चरणमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भएका छन् । आन्दोलनकारीहरूले राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत कब्जा गरी तोडफोड र आगजनी गरेपछि ओली सरकारको पतन भएको हो ।


तर सरकार ढल्दा पनि आन्दोलन रोकिएन । जेन जी समूहले देशभर प्रमुख दलका शीर्ष नेता, मन्त्री र जनप्रतिनिधिको घर तथा पार्टी कार्यालयमा आक्रमण गर्दै तोडफोड र आगजनी गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा दम्पतीसहित एमाले, काँग्रेस र माओवादीका नेताहरू घाइते भएका छन् ।

गोदावरी क्षेत्र विशेष रूपले प्रभावित भएको छ । अत्तरियास्थित नगरपालिका कार्यालय, पार्टी कार्यालय, उद्योग वाणिज्य संघदेखि नेता–जनप्रतिनिधिका घरहरू जेन जी समूहले ध्वस्त पारेका छन् । सयौँको भीडले आगजनी गर्दा दमकलसमेत समयमै पुग्न नसक्दा ठूलो क्षति भएको छ ।

प्रदेश राजधानी धनगढीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा सरकारी कार्यालय, पार्टी कार्यालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा सचिवालय, कारागार, विद्यालय र निजी घरहरूमा समेत आगजनी भएको छ । सुरक्षाकर्मीहरू नियन्त्रण लिन असफल भएका छन् ।

यसैक्रममा कैलाली कारागार कब्जा गरी सबै कैदीबन्दी निस्किएका छन् भने कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बैतडीसम्मै आन्दोलन फैलिएको छ । जेन जीको आन्दोलनले सुदूरपश्चिमका सरकारी र राजनीतिक संरचना तहसनहस बनाएको छ ।