स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

डोके बजारबाट लागू औषध सहित डोटीका युवक पक्राउ 

अत्तरिया । कञ्चनपुरको डोके बजारबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।

शनिवार पुनर्वास नगरपालिका – ११ डोके बजारमा भारतबाट नेपाल तर्फ आउँदै गरेका डोटीको जोरायल गाउँपालिका – ४ जिजिकोटका  २५ वर्षीय  टेकेन्द्र कुवर पक्राउ परेका हुन ।

उनको साथबाट १ ग्राम ७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।