स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

धनगढी। दशैँका लागि आउँदो भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखाले सूचना निकालेर भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नभई सुकिला नोट साट्न पाइने जनाएको छ।

गएको दशैँमा पनि राष्ट्र बैंकले सुकिला नोट साट्न मिल्ने व्यवस्था गरेको थियो। मुद्रा व्यवस्थापन विभाग, प्रदेशमा रहेको कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको छ। यस वर्ष दशैँको मुख्य दिन विजयादशमी असोज १६ गते परेको छ।