स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन: डिजेल–मट्टीतेल प्रतिलिटरमा ४ रूपैयाँसम्म सस्तो


काठमाण्डौ । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा लितटरको चार रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटेको हो । पेट्रोल र एलपी ग्यासको भाउ भने यथावत् छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर एक सय ४२ रूपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर एक सय ४४ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर एक सय ४५ रूपैयाँ पर्नेछ ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको भाउ प्रतिलिटर एक सय २७ रूपैयाँ तोकिएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ६६, पोखराका लागि सात सय ७२ र भैरहवाका लागि सात सय ५९ डलर तोकिएको छ ।