कैलाली । नेपालगन्जको युनाइटेड एजुकेसनल एकेडेमीबाट कक्षा १२ को परिक्षामा ९७.३३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । सोमबार सार्वजनिक भएको परिक्षामा उक्त युनाइटेड एजुकेसनल एकेडेमीका कुल विद्यार्थी मध्ये ९७.३३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन ।

विद्यालयमा रहेका कुल २६३विद्यार्थीमध्ये २५९जना उत्तिर्ण भएको युनाइटेड एजुकेसनल एकेडेमीले जनाएको छ । जसमध्ये युनाइटेड एजुकेसनल एकेडेमीबाट ७ जना विद्यार्थीहरुले ए प्लस ग्रेड ल्याएको छ, १०६ जना विद्यार्थीहरुले ए ग्रेड ल्याएको छ। यस्तै ११७ जना विद्यार्थीहरुले बि प्लस र २९ जना विद्यार्थीहरुले बि ग्रेड ल्याएको युनाइटेड एजुकेसनल एकेडेमीका प्रिन्सिपल जिवराज भण्डारीले बताए । उनका अनुसार युनाइटेड एजुकेसनल एकेडेमीबाट कैलाली , बर्दिया ,बाँके जिल्लामै सबैभन्दा बढी विद्यार्थी उत्तिर्ण भएर प्रथम हुन सफल भएको छ ।

व्यवस्थापन संकायका विद्यार्थी गगन थारुले ३.८१जीपिए ल्याएको प्रिन्सिपल भण्डारीले बताए । युनाइटेड एजुकेसनल एकेडेमीबाट ७ जना विद्यार्थीहरुले ए प्लस ग्रेड ल्याएको उनको भनाई छ ।









