बौनिया । कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–२ तनकपुरमा हाइस र मोटरसाइकल आपसमा ठोकिएका हुन्।

मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको दुर्घटनामा मृत्यु भएको प्रहरीले बताएको छ। सोमवार दिउँसो बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए। दुर्घटनामा घाइते भएका मोटरसाइकमा सवार कडायतलाई घोडाघोडी अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको घोडाघोडी अस्पतालका चिकित्सकले कडायतलाई मृत घोषणा गरेका प्रहरीले बताएको छ। चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





