स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

माइतीघर हिडेकी घोडाघोडीकी लीला ३ दिनदेखि सम्पर्कविहीन

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-२ चितलपुर बस्ने टेकबहादुर रावतकी २४ वर्षीया श्रीमती लीला विष्ट रावत माइतीघर जान्छु भन्दै हिडेको तीन दिन बित्दासमेत सम्पर्कमा आएकी छैनन् ।

वैशाख २७ दिउँसो घोडाघोडी-२ साडेपानी गाउँमा रहेको माइतीघर जान्छु भनी हिडेकी विष्टको बारेमा आइतबार बुझ्दा माइती, आफन्त, नातागोता कतै पनि सम्पर्कमा नआएको आफन्तले जनाएका छन् । 


सोमबारसम्म सम्पर्कविहीन भएपछि श्रीमान् टेकबहादुर रावतले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका छन् । लिलाको खोजीकार्यका लागि कैलाली जिल्लाका विभिन्न प्रहरी कार्यालयमा हुलिया पठाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 


श्रीमान् र श्रीमतीबिच मोबाइलका विषयमा सामान्य विवाद भएपछि लीलाले आफूले चलाएको मोबाइल फु्टाएर घरमै छोडी माइत जान्छु भन्दै हिडेको छिमेकीले बताएका छन्।