स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीबाट स्रोत नखुलेको १७ लाखबढी अवैध रकमसहित  दुई जना पक्राउ

धनगढी। कैलालीबाट स्रोत नखुलेको १७ लाख ४६ हजार अवैध रकमसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–५ गुलरीयाघाट र टीकापुर नगरपालिका–१ उनीहरू अवैध रकमसहित पक्राउ परेका हुन्।


जिल्ला प्रहरी कार्यालय, कैलालीले गुलरीयाघाट भन्सार कार्यालय नजिकबाट भारतको उत्तर प्रदेश, लखिमपुर खिरी जिल्ला, तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्ग आठ लाख ९६ हजार ६ सय ६० नेपाली रुपैयाँसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, पृथ्वीपुरले मङ्गलवार उनलाई युपी ३२ एचएच ६५५३ नम्बरको भारतीय मोटरसाइकल सवार रहेको बेलामा पक्राउ गरेको हो। प्रहरीले उनलाई अवैध रकम र मोटरसाइकलसहित भन्सार कार्यालय, सत्ती पठाएको छ।

यस्तै, कैलालीको टीकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरी पाँच लाख ३१ हजार चार सय भारतीय रकमसहित पक्राउ परेका छन्। भारतीय रकम लुकाएको सूचनाका आधारमा प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो। चौधरीलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुर, बाँकी पठाइएको छ।