स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बर्दगोरियामा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बितरण 



बौनिया । बर्दगोरिया गाउँपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । प्रतीकट्ठा सर्जु बाउनको १०५० र सावामन्सुली प्रती कठ्ठा ११७० का दरले किसानलाई बीउ वितरण गरिरहेको हो ।


 
बर्दगोरियाका किसानलाई धान रोप्ने समयमा बिउको अभाव नहोस भन्दै समयमै बीउ बितरण गरेको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । धानको उत्पादन तथा बीउमा गुणस्तरका लागि पालिकाले बिउ वितरण गर्न लागिएको बताउनु भयो । 
 
उहाँका अनुसार पालिका भित्रका किसानको मागका आधारमा  धानको बीउ खरिद गरी अनुदानमा वितरण गरिरहेको हो ।


 
कृषि विकास शाखाका अनुुसार सर्जु बाउन र सावा मन्सुली  जातका धानको बीउ खरिद गरिएको हो । कृषि बिकाश शाखा प्रमुख रावतका अनुसार संघ प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा गुणस्तरीय बीउबिजनको उत्पादन, आपूर्ति तथा वितरण प्रणालीको सुदृढीकरणका साथै स्वदेशी जातको बीउ प्रवर्द्धन गर्न धानको बीउ वितरण गरिएको हो । 


 
कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन गाउँपालिकाले समय समयमा अनुदानमा बीउ वितरण गर्दै आएको कृषि विकास शाखाले जनाएको छ । बीउ बितरण कार्यमा बर्दगोरिया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठको पनि सहभागिता रहेको थियो ।