स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बाँकेमा वर्षाले गहुँबालीमा क्षति

बाँके।आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।  किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएको डुडुवा गाउँपालिका-५ कम्दीका  किसान सूर्यलाल यादवले बताए । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । 

नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै यादवले भने,“यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पुर्‍यायो ।” नेपालगञ्ज-१७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पुर्‍याएको बताए । उनले भने, “काटेको गहुँ भिजाएर काम नलाग्ने भएको छ, नकाटेको धान पानी असिना पानी र हुरीले ढलाएर काम नलाग्ने बनाएको छ ।”

गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका यहाँका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पुर्‍याएको बताए ।