स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

सिस्नो खेलेर सुदूरपश्चिममा बिसु पर्व मनाइदैँ

धनगढी। सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाइँदैछ।


सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ।हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रूपमा मनाउने गर्दछन्। बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ।

नयाँ वर्ष सुरु भएकै दिन सुदूरपश्चिम प्रदेशमा बिसु पर्व मनाइँदैछ। सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ।हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रूपमा मनाउने गर्दछन्।

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरू फर्कने चलन छ। बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ।

वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ। यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ। देवर-भाउजू, नन्द-भाउजू, साली-भिनाजु, फुपू-सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ। आज यहाँ विभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जङ्गली जनावरहरूको जस्तै अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ।