स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज म्यानमारसँग खेल्दै नेपाल

काठमाडौं ।अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आज म्यानमारसँग खेल्दैछ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ। नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ। नेपालले यसअघि किर्गिस्तान र  लेबनानलाई १र१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।


म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो। नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ। ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन। तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो। म्यानमार पनि यसअघि नै फाइनल पुगिसकेको छ। आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै फाइनल हुनेछ।