स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धनगढीको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा ‘एक्सिस कानुनी मेला’ सम्पन्न

धनगढी। कैलालीको धनगढीमा अवस्थित यस एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला (Axis Law Fest) सम्पन्न गरेको छ । मिति २०८१ माघ १७ गतेका दिन कानुन समुहमा अध्ययनरत विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको दायरा बढाउने उदेश्यका साथै आसन्न बोर्ड परीक्षालाई समेत मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त कानुनी मेलामा कानुन सम्बन्धि बिभिन्न विषयमा प्रतियोगितात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएका थिए ।  

(Axis Law Fest-2081) सभ्य एवम्र भव्य रुपमा सम्पन्न भएको छ । प्रचार्य अनिता पन्त ज्यू को सभाध्यक्षतामा (Axis Law fest-2081) सञ्चालन भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि सुदृरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता श्री ठेकेन्द्र राज जोशी ज्यू, त्यसै गरि विशिष्ट अतिथिमा मानव अधिकार आयोेग सुदुर प्रदेशका कार्यलय प्रमुख श्री प्रकाश दत्त भट्ट, वरिष्ट अधिवक्ता श्री देवराज अवस्थि, जिल्ला सरकारी वकिल कायलय कैलालीका प्रमुख श्री भानदेव जोशी, धनगढी उप-महानगरपालिकाका कानून अधिकृत श्री खड्क कुञ्जेडा ज्यू ,साथै अतिथिमा शेर वहादुर विष्ट, ओम जोशी, विनोद पनेरु ज्यू लगाएत विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था र शिर्षकमा (Talk Show) रहेको थियो । सो कार्यक्रममा प्यानल सदस्यको रुपमा मानव अधिकार आयोेग सुदुर प्रदेशका कार्यालय प्रमुख श्री प्रकाश दत्त भट्ट ज्यूले विद्यार्थीहरुले सोधेको प्रश्नहरुको जवाफ दिएका थिए । यसै गरी मुद्दा प्रस्तृतिकरण,अभ्यास अदालत, चित्रकला प्रतियोगिता तथा निबन्ध प्रतियोगिताहरु सम्पन्न गरिएको थियो । धनगढी र कञ्चनपुर कानुन संकाय पढाई हुने बिद्यालयहरु धनगढी नमुना प्राविधिक मा.वि., क्रिसेन्ट सिटी कलेज, एलाईन्स ईन्टरन्यासनल, घोडाघाडी सामुदायिक माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, लिटिल बुद्ध माध्यमिक विद्यालय तथा एक्सिस माध्यमिक विद्यालयमा कक्षा ११ र १२ कानुन पढीरहेका विद्यार्थीहरुको उक्त कार्यक्रममा उलेख्य सहभागिता रहेको थियो । कानुन पढिरहेका विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराई कानुन सम्बन्धि गहिरो ज्ञान दिने उद्देश्यले उक्त कानुनी मेलाको आयोजना गरिएको थियो ।